SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०८:३५ AM · 1 मिनेट पढाइ

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न प्रयास गर्छु: गृहमन्त्री अर्याल

 काठमाडौं, २ असोज । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार निर्वाचन आयोगमा आयोजित छलफल कार्यक्रममा सहभागी हुँदै मन्त्री अर्यालले विदेशमा रहेका नेपालीहरूले कम्तीमा समानुपातिक निर्वाचन प्रणालीमार्फत भए पनि मतदान गर्न पाउनुपर्ने धारणा राखे ।