SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

बेलायत भ्रमणमा रहेका ट्रम्प र प्रधानमन्त्री स्टार्मरबिच द्विपक्षीय वार्ता

काठमाडौँ । बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज प्रधानमन्त्री कीयर स्टार्मरसँग भेट गर्दै छन् । यसअघि उनले राजा चाल्र्ससँग भेटघाट गरेका थिए । यसअघि हिजो आयोजित भोजमा ट्रम्पले बेलायत र अमेरिकाबिचको सम्बन्धलाई ‘विशेष’ भएको बताए । दुई नेताबिचको भेट अघि सर विन्सटन चर्चिलका अभिलेखको अवलोकन गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।