SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०९:४९ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछिको क्षतिमा बीमा कम्पनीहरूमा २१ अर्ब रुपैयाँको दाबी

काठमाडौँ ।‘जेनजी आन्दोलन’ का कारण सार्वजनिक तथा निजी संरचनामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा कम्पनीहरूमा दर्ता भएका माग दाबीको रकम करिब २१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार देशभरका निर्जीवन बीमा कम्पनीहरूमा भदौ ३१ गते (मंगलबार) सम्म प्राप्त माग दाबीको रकम २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ रहेको छ ।