SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ १०:०१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत छन सोङले बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा राजदूत सोङले नेपालप्रति चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । परराष्ट्र मन्त्रालयका अनुसार उनले असल छिमेकीको नाताले नेपाल सरकारलाई आवश्यक परेको खण्डमा चीन सधैं सहयोग गर्न तयार रहेको बताए ।