SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ १०:१६ AM · 1 मिनेट पढाइ

चुच्चे नक्सा हटाइएको भनाइको तथ्य के हो ? प्रधानमन्त्री कार्यालयको स्पष्टोक्ति

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको अद्यावधिक (चुच्चे) नक्सा हटाइएको भन्दै सामाजिक सञ्जालमा अहिले विभिन्न पोस्टहरू भाइरल भइरहेका छन् । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षबाट नेपालको नक्सा अङ्कित झण्डा हटाएको भन्दै प्रश्न उठाएकी छन् ।