SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा घाइते झलनाथ खनालकी पत्नीको देब्रे हात काटियो

काठमाडौँ । भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा घरमा लागेको आगोले जलेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ । खनालका अनुसार संक्रमण फैलिन थालेपछि चिकित्सकको सल्लाहमा कुहिनोबाट तलको भाग काटिएको हो । अहिले ७० वर्षीया चित्रकार कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचाररत छिन् ।