SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ १२:२७ PM · 1 मिनेट पढाइ

सैनिक ब्यारेकबाट बाहिरिए ओली

काठमाडौं, २ असोज । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् । जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले सुरक्षा कारण देखाउँदै उनलाई नियन्त्रणमा लिएको थियो । उनले २४ भदौदेखि सैनिक ब्यारेकमा बसोबास गर्दै आएका थिए ।