SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०१:५३ PM · 1 मिनेट पढाइ

समयमै चुनाव गराउन निर्वाचन आयोग तयार

काठमाण्डौ – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समयमै चुनाव सम्पन्न गराउन आयोग तयार रहेको बताएका छन् । नवनियुक्त गृह एवम् कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उनले आयोग समयमै चुनाव सम्पन्न गर्न तयार रहेको बताएका हुन् ।