SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०२:४८ PM · 1 मिनेट पढाइ

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चिनियाँ राजदूत छन सोङसँग नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएकी छन्। प्रधानमन्त्री बनेयता कार्कीसँग बिहीबार राजदूत छनले पहिलो पटक भेटेका थिए। ‘हामी एकचीन नीतिप्रति प्रतिबद्ध छौँ। नेपालको भूमिबाट चीनविरोधी गतिविधि हुन दिँदैनौँ,’ प्रधानमन्त्री कार्कीले राजदूत छनसँग भनिन्।