SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ १२:१३ AM · 1 मिनेट पढाइ

सचिवालयले भन्यो– डाँका शैलीमा देउवामाथि आक्रमण भयो, पैसाको सुरुङ भेटिएको दुस्प्रचार गरियो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बदनाम गर्न सामाजिक सञ्जालमा विभिन्न भ्रामक खबर फैलाइएको बताएका छन्। बिहीबार देउवाको निजी सचिवालयले विज्ञप्ति प्रकाशित गरी ‘देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ रहेको’ जस्ता कपोकल्पित समाचार सम्प्रेषण भएको जनाएको छ।