SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ १२:४८ AM · 1 मिनेट पढाइ

मौसम पूर्वानुमान : दिउँसो यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज (शुक्रबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।