SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०४:१६ AM · 1 मिनेट पढाइ

देव दह–युएई समाजको बालिकालाई सहयोग

देव दह, ३ असोज । देव दह सेवा समाज युएईले रुपन्देहीको देव दह–८ वनकित्ता निवासी २ बर्षीया बालिका भावना न्यौपानेलाई उपचार खर्च बापत १ लाख १ सय ११ रुपैयाँ प्रदान गरेको छ । युएईमा रहेका देवदहवासीहरूको उक्त संस्थाले ३७ जना सदस्यहरूबाट सङ्कलन गरेको सो रकम बिहीबार परिवारका सदस्यलाई हस्तान्तरण गरेको हो ।