SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०४:५६ AM · 1 मिनेट पढाइ

अलपत्र रहेका जीर्ण आयोजनाको ठेक्का तोड्ने मन्त्री घिसिङको तयारी

काठमान्डौ, ३ असोज । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले लामो समयदेखि अलपत्र रहेका जीर्ण विकास आयोजनाका ठेक्का तोड्ने तयारी भएको बताएका छन् । तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखसँगको छलफलमा उनले काम नगर्ने निर्माण व्यवसायीको अनुहार नहेरी तत्काल सूची तयार गर्न निर्देशन दिए ।