SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०५:०५ AM · 1 मिनेट पढाइ

अवैध सामानसहित मोटरसाइकल बरामद

चन्द्रौटा, ०३ असोज । कपिलवस्तुको कृष्णनगरमा सशस्त्र प्रहरीले लाखौँ मूल्य बराबरको भन्सार छली गरिएको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरको टोलीले ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको लेडिज सुट, वान पिस, साडी, कपडा र पटका जस्ता सामग्री बरामद गरेको हो ।