SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०६:४१ AM · 1 मिनेट पढाइ

तोडफोड, आगजनी र लुटपाटमा संलग्नको पहिचान गर्दै दाङ प्रहरी

लमही , ३ असोज । जेन–जी आन्दोलनका क्रममा दाङमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको पहिचान र खोजीलाई तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका क्रममा खिचिएका फोटो, भिडियो र प्रत्यक्षदर्शीका बयानका आधारमा अनुसन्धान भइरहेको जानकारी दिए ।