SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०६:५४ AM · 1 मिनेट पढाइ

युक्रेनको हिरासतमा रहेका दुई नेपालीलाई स्वदेश फर्काइँदै

काठमान्डौ, ३ असोज । युक्रेनमा हिरासतमा रहेका दुई नेपाली आज  (शुक्रबार) अपराह्न स्वदेश फर्किँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी नेपाल पठाइँदैछ । मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित मुलुकका अध्यागमन र कानुनको पूर्ण पालना गर्न नागरिकहरूलाई सचेत गराएको छ ।