SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०७:५४ AM · 1 मिनेट पढाइ

सेयरबजार क्र्यास भएपछि सरकारले गठन गर्यो पुँजीबजार अध्ययन कार्यदल

काठमान्डौ, ३ असोज । जेनजी प्रदर्शनपछिको पहिलो कारोबारमै सेयरबजारमा आएको ठूलो गिरावटपछि सरकारले पुँजीबजारको स्थिति मूल्याङ्कन गर्न तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।