SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०९:३७ AM · 1 मिनेट पढाइ

देउवाको टाउकोमा १२ वटा टाँका

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शुक्रबार जानकारी दिएका हुन् । विश्वकर्माले भने, “सुरुमा हामी अतालिएका थियौँ । उहाँहरू (देउवा र आरजु देउवा) अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ ।