SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ११:३२ AM · 1 मिनेट पढाइ

संविधान संशोधनमार्फत असन्तुष्टि समाधान गर्न सकिने सरोकारवालाको धारणा

नेपालगन्ज, ३ असोज । नेपालको संविधान २०७२ को विकल्प खोज्न नसकिने नेपालगन्जका सरोकारवालाले बताएका छन् । ११ औँ संविधान दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा आयोजित कार्यक्रममा सरोकारवालाले आफ्नो धारणा राख्दै संविधान नेपाली जनताले आफैँले बनाएको महत्त्वपूर्ण उपलब्धि भएकाले यसलाई संस्थागत गर्दै समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिए ।