SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ १२:०९ PM · 1 मिनेट पढाइ

जेनजी प्रदर्शनपछिका ८ हजार कैदीबन्दी अझै फरार

काठमाडौँ, ३ असोज । जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड भएपछि भागेका कैदीबन्दीमध्ये हालसम्म अझै ८ हजार ३७५ जना फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार, कारागारतर्फ ७ हजार ७५३ र सुधारगृहतर्फ ६२२ गरी कुल ८ हजार ३७५ कैदीबन्दी अझै फरार छन् ।