बाघको त्रासः साँझ नढल्किँदै गाउँ सुनसान
नेपालगञ्ज, ३ असोज । बाँकेको राप्ती सोनारी गाउँपालिका २ स्थित माथेबास गाउँ अहिले डर र त्रासको छायाँमा छ । चार दिनअघि बाघको आक्रमणमा परी सोही गाउँपालिका ३ सिनाबासकी ४५ वर्षीया लक्ष्मी थारुको ज्यान गएपछि यहाँको दैनिकी नै अस्तव्यस्त बनेको छ । आफन्तको घरबाट फर्किंदै गरेकी लक्ष्मीलाई जनमुखी सामुदायिक वनभित्रै बाघले आक्रमण गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
