SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०२:०७ PM · 1 मिनेट पढाइ

यूएईले भिसा नदिएपछि क्यानले गुहार्‍यो आईसीसी

काठमाडौँ । वेस्ट इन्डिजसँग अर्को साता हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई यूएईले भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत पहल थालेको छ। यसअघि यूएईले आवेदन दिएको दोस्रो दिनमा भिसा दिने गरे पनि यसपटक एकसातासम्म पनि खेलाडीहरूको भिसा जारी गरेको छैन।