SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ०४:०२ AM · 1 मिनेट पढाइ

बुटवल–गोरुसिङ्गे सडकको राजपुलका कारण यातायात बन्द 

बुटवल, ०१ असोज । लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको बुटवल–१२ तामनगरमा रहेको राजपुर पुल भासिएको छ । पुल भासिएपछि सो खण्डमा सवारी आवागमन अझै पनि सुचारु हुन सकेको छैन । पुल भासिएर बन्द रहेको राजमार्ग २४ घण्टा बितिसक्दा पनि मर्मत सम्भार हुन नसक्दा पूर्व पश्चिम गुड्ने सवारी साधनहरू सञ्चालनमा समस्या भएको हो ।