SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ०५:३४ AM · 1 मिनेट पढाइ

कर तिर्ने समयावधि एक महिना थप

काठमान्डौ, १ असोज । सरकारले साउन महिनाको कर तिर्ने समयावधि एक महिना थप गरेको छ । कानूनी प्रावधानअनुसार हरेक महिनाको कर आगामी महिनाको २५ गतेभित्र बुझाउनुपर्ने व्यवस्था भए पनि यसपटक असाधारण परिस्थिति सिर्जना भएकाले समय सीमा बढाइएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए ।