SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ०७:३६ AM · 1 मिनेट पढाइ

तोडफोड–लुटपाटमा संलग्न व्यक्तिहरु प्रहरी नियन्त्रणमा

बर्दिया, १ असोज । गुलरिया नगरपालिकामा भएको सार्वजनिक सम्पत्ति तोडफोड तथा लुटपाटमा संलग्न व्यक्तिहरुको खोजीमा प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले आइतबार करिब आधा दर्जन व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको छ । घटनाको भिडियो फुटेजको आधारमा संलग्न व्यक्तिहरुको पहिचान गर्दै अनुसन्धान तीव्र बनाइएको प्रहरी स्रोतले जनाएको छ ।