बागमती प्रदेश सभामुख पाठकले दिए राजीनामा
काठमाडौँ । बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार उपसभामुखलाई संविधान र प्रदेश सभा नियमावली, २०७४ अनुसार औपचारिक राजीनामा पत्र बुझाएका हुन् । यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका भए पनि आधिकारिक पत्र पेश गरेका थिएनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
