SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ०८:३३ AM · 1 मिनेट पढाइ

सेवाग्राहीको माग अनुसार आज पनि एनओसी जारी

काठमाडौं, १ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पनि अध्ययन अनुमतिपत्र (एनओसी) जारी राखेको छ । सानो थिमीस्थित एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार, सेवाग्राही विद्यार्थीको अनुरोधमा एनओसी जारी गरिएको हो । ‘वैदेशिक अध्ययनका लागि जान लागेका विद्यार्थीलाई अत्यावश्यक भएकाले आज पनि विद्यार्थीको अनुरोधमा जारी राखेका छौँ,’ उनले बताएका छन् ।