SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ०९:०० AM · 1 मिनेट पढाइ

विश्वकर्मा मन्दिरमा गरियो पूजा

भैरहवा, १ असोज । विश्वकर्मा मन्दिर व्यवस्थापन समितिले यस वर्ष विश्वकर्मा पूजा सामान्य तरिकाले मनाएको छ । राष्ट्रिय शोक भएको अवस्थामा कुनै तामझाम र औपचारिक कार्यक्रम नगरी साधारण तरिकाले पूजा सम्पन्न गरिएको आयोजकले बताए । यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरी परम्परागत पूजा मात्र गरिएको समितिका अध्यक्ष रामकिशुन विश्वकर्माले बताए ।