चुच्चेपाटी भाटभटेनीमा भेटिएका शवको पहिचान हुन बाँकी
काठमाडौं, १ असोज । चुच्चेपाटीस्थित भाटभटेनीमा डढेको अवस्थामा सात शव भेटिएका छन् । ती शवहरू अस्थिपञ्जरको रूपमा त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार, केही आफन्तहरूले आफ्नो सदस्य हराएको उजुरी दिएका छन् । प्रहरीले डीएनए परीक्षणमार्फत शवको पहिचान गर्ने तयारी थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
