SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ०९:३३ AM · 1 मिनेट पढाइ

सरकारले संविधान दिवस मनाउने

काठमान्डौ, १ असोज । विषम राजनीतिक परिस्थितिका बाबजुद पनि सरकारले यस वर्ष पनि संविधान दिवस औपचारिक रूपमा मनाउने तयारीमा जुटेको छ । संविधान जारी भएको सम्झनामा प्रत्येक वर्ष असोज ३ गते मनाइने संविधान दिवसका लागि तयारी अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।