SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ०९:४५ AM · 1 मिनेट पढाइ

वरुण चक्रवर्ती पहिलो भारतीय बलर जसले टी–२० बलिङ वरीयता शीर्ष स्थानमा

काठमाडौँ । भारतीय स्पिनर वरुण चक्रवर्ती पहिलो पटक आईसीसी टी–२० बलिङ वरीयताको शीर्ष स्थानमा पुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा चक्रवर्ती ३ स्थान उक्लिएर शीर्ष स्थानमा पुगेका हुन् । जसप्रीत बुमराह र रवि बिश्नोईपछि चक्रवर्ती टी–२० बलिङ वरीयताको शीर्ष स्थानमा पुग्ने तेस्रो भारतीय बलर बनेका छन् ।