SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ १०:२४ AM · 1 मिनेट पढाइ

सम्पत्तिबारे प्रश्न गर्दा अस्ट्रेलियाली पत्रकारसँग ट्रम्प आक्रोशित

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना सम्पत्तिबारे प्रश्न उठेपछि अस्ट्रेलियाली पत्रकारसँग रिसाएका छन् । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का पत्रकार जोन लियोन्सले ट्रम्पलाई सोधे, “जनवरीमा राष्ट्रपति बनेयता तपाईं कति धनी हुनुभयो ?” ट्रम्पले “मलाई थाहा छैन” भन्दै जवाफ दिए । उनले पारिवारिक व्यवसाय हाल आफ्ना छोराछोरीले व्यवस्थापन गरिरहेको पनि बताए ।