SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ १०:४० AM · 1 मिनेट पढाइ

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं, १ असोज । जेनजी प्रदर्शनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन् । कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत चित्रकारको उपचार नेतृत्व गर्दै आएकी जलन विशेषज्ञ डा. किरण नकर्मीका अनुसार, उनको अवस्था अस्पताल ल्याउँदाको तुलनामा सुधार भएको छ ।