SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ११:०३ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं । जेनजी आन्दोलनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो मात्रामा नगद र सुन लुटपाट भएको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले एक पडकास्टमा बोल्दै सो घटनामा करिब ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको जानकारी दिए ।