SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ११:३१ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका कारण भएको क्षतिको विवरण संकलन सुरु

 काठमाडौं, १ असोज । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण स्थानीय तहमा भएको क्षतिको विवरण संकलन थालिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई गुगल लिंक पठाउँदै क्षतिको विवरण प्रविष्ट गर्न निर्देशन दिएको छ ।