SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ०२:३६ PM · 1 मिनेट पढाइ

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । १ हजार १ सय २६ मिटर लामो सुरुङ छिचोलिएपछि कामले गति लिएको हो । अहिलेसम्म लाइनिङ र ढलानको काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख दूध अधिकारीले जानकारी दिए ।