SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ ०५:२६ AM · 1 मिनेट पढाइ

जमुनाहा नाकामा देखिएन चहलपहल 

नेपालगन्ज, ३१ भदौ । बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि चहलपहल देखिएको छैन । दसैँ नजिकिँदै जाँदा भारतमा रोजगारीका लागि गएकाहरू फर्किने र सीमावर्ती बजारमा किनमेल गर्नेहरूको भीड हुने अपेक्षा गरिएको थियो । आइतबारदेखि आंशिक रूपमा खुलेको नाका सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।