SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ ०५:३० AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमान्डौ, ३१ भदौ । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसपश्चात् भएको हिंसात्मक घटनामा मृत्यु हुनेको तथ्याङ्क प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हो । प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेका अनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मी र नागरिक गरी ७३ जनाले ज्यान गुमाएका छन् ।