SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ ०५:४० AM · 1 मिनेट पढाइ

सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमान्डौ, ३१ भदौ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको मूल्य २ लाख १७ हजार १०० रुपैयाँ पुगेर हालसम्मकै उच्च स्तरमा पुगेको हो । अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ थियो ।