SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ ०५:५७ AM · 1 मिनेट पढाइ

शहीद घोषणा भएका जेनजी आन्दोलनका मृतकहरुको अन्त्येष्टि गरिँदै

काठमान्डौ, ३१ भदौ । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएकाको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै छ । मृतकका परिवारजन र आफन्तले शवयात्रा निकाल्ने तयारी गरेका छन् । शवयात्रामा सहभागीहरूले मृतकका तस्बिर र राष्ट्रिय झण्डा बोकेका छन् । शोकमग्न वातावरणबीच कतिपयले ‘निस्सन्तानलाई के थाहा, जेनजीको सपना रु’ लेखिएको कपडाले शरीर ढाकेका दृश्य देखिएका छन् ।