SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ ०७:१९ AM · 1 मिनेट पढाइ

नवलपरासीमा जेनजी प्रदर्शनका क्रममा ३ करोड बढीको क्षति 

सुनवल, ३१ भदौ । पश्चिम नवलपरासीमा जेनजी समूहको आन्दोलनका क्रममा जिल्लाका सरकारी कार्यालयमा ३ करोड बढीको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ । कार्यालयहरूले उपलब्ध गराएको प्रारम्भिक विवरणको आधारमा ३ करोड ११ लाख बराबरको क्षति भएको अनुमान गरिएको क्षति विवरण सङ्कलन गर्न गठित क्षति मूल्याङ्कन समितिले जनाएको छ ।