SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ ०७:३१ AM · 1 मिनेट पढाइ

आन्दोलनभरि रोल्पा शान्त

रोल्पा, ३१ भदौ । गत भदौ २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनको रोल्पामा खासै प्रभाव देखिएन । आन्दोलनको पहिलो दिन सरकारले आन्दोलनकारीहरू माथि गरेको हत्याको विरुद्ध दोस्रो दिन जिल्ला केही बजार केन्द्रहरूमा युवा तथा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए ।