SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ १०:०७ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

दाङ- लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिएका छन । बिहान ८ बजे दिवसको कार्यक्रम आयोजना गरिने भएको हो ।