SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ १०:०७ AM · 1 मिनेट पढाइ

जनार्दनले मागे प्रचण्डको तत्काल राजीनामा

 काठमाडौं, ३१ भदौ । जेनजी आन्दोलनपछि पार्टी नेतृत्वको औचित्यबारे बहस चलेको अवस्थामा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तत्काल राजीनामा मागेका छन् । पार्टीभित्र केही समयदेखि रुपान्तरणको कुरा गर्दै आएका शर्मा जेनजी आन्दोलनपछि वर्तमान नेतृत्वको औचित्य नरहेको निष्कर्षमा पुगेका हुन् ।