SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ १०:४० AM · 1 मिनेट पढाइ

भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गरिने : प्रधानमन्त्री कार्की

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने जानकारी दिएकी छन् । आन्दोलनको म्यान्डेट नै भएकाले यस्तो आयोग आवश्यक रहेको उनले उल्लेख गरेकी छन् । उनका अनुसार, आयोगले अनुसन्धान गरेर आगामी सरकारले कारबाही अघि बढाउन सक्ने नीति तथा कानुनी आधार तयार गरिदिनेछ ।