SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ १२:५४ PM · 1 मिनेट पढाइ

दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ । २०८२ सालको दशैं असोज ६ गतेदेखि सुरु हुन्छ ।