SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ ०३:१५ PM · 1 मिनेट पढाइ

२७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार, सुरक्षा खतरा बढ्यो

काठमाडौँ । जेनजी आन्दोलनको लहर चलिरहँदा देशभरका विभिन्न कारागारमा बन्द कैदीबन्दीले एकपछि अर्को गर्दै भाग्न थालेपछि मुलुकको सुरक्षा अवस्था कमजोर देखिएको छ। देशका २७ वटा कारागारबाट कुल १४ हजार ५५५ जना कैदीबन्दी फरार भएका छन् भने तीमध्ये अहिलेसम्म ५ हजार ४३४ जना मात्रै फिर्ता भएका छन्। बाँकी ९ हजार १२१ जना अझै फरार छन्।