SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ ०३:२३ PM · 1 मिनेट पढाइ

१० हजार कर्मचारीको दरबन्दी कटौती गरिँदै

काठमाडौँ । सरकारले खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने भएको छ। नयाँ सरकार बनेसँगै खर्च कटौती गर्ने र कर्मचारीको संख्या घटाउने निर्णय मुख्यसचिवसहित सबै सचिवहरूको बैठकले गरेको छ। मंगलबार सिंहदरबारमा बसेको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर कर्मचारी कटौती गर्ने निर्णय गरेको हो।