आन्दोलनको आडमा तोडफोड गरेको भन्दै बाँके प्रहरीद्वारा दुई पक्राउ
नेपालगञ्ज, ३१ भदौ । ‘जेन–जी’ आन्दोलनको आडमा नेपालगञ्जका सरकारी कार्यालयहरूमा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि बाँके प्रहरीले कारबाही थालेको छ । यसै क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटा रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
