SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया, २९ भदौ । चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर १२ टडुवागाउँ निवासी २९ वर्षीया कविता रानाको चितुवाको आक्रमणमा परि मृत्यु भएको हो । घाँस दाउराका जोहो गर्नका लागि नजिकैको जंगल गएकी उनलाई आज बिहान तिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको हो ।